अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिन थालेका छन् : उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई सम्बोधन गर्दै उनले मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।

अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्व रहेको बताउँदै ढकालले मेला महोत्सवको आयोजनामा महासंघको साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गरे ।

उनले बैंकिङ क्षेत्रमा तरलताको पनि क्रमश सहजता देखिन बताउँदै अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *