नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ ।
आज नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ ।