बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (शुक्रबार) बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा आज विहान ११ बजे बाँडफाँड सम्पन्न भएको हो ।

बिपिडब्लु लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो भने १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

यो आईपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ५८ हजार २७८ आवेदकबाट परेको १ करोड ५७ लाख १६ हजार ७६० कित्ता सेयर खरिद आवेदन सदर भएको छ भने १ हजार ५०६ आवेदकबाट परेको १९ हजार ५० कित्ता सेयर खरिद आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।

साइटबाट हेर्नुस रिजल्ट

https://iporesult.cdsc.com.np/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *