प्रभु बैंकको पीओएसमार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालन

प्रभु बैंक लिमिटेडले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन अटोमेटेड टेलर मेसिन (एटीएम) सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै प्वइन्ट अफ सेल (पीओएस) मेसिनका माध्यमबाट ग्रीन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डका माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ।

विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)सँगको सहकार्यमा पीओएसमार्फत विद्युतीय भुक्तानी कार्डसम्बन्धी अतिरिक्त सेवाको सुरुआत गरेको छ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको पीओएसमार्फत विद्युतीय भुक्तानी कार्डसम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहकले अधिकतम लाभ लिने भन्ने बैंकले विश्वास लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *