सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । सेयर बजारमा झिनो अंकको गिरावट देखिएको हो ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ बिन्दुमा झरेको छ । बुधबार नेप्से १४.१४ अंकले घटेको थियो ।

आज कुल १३ उपसमूहमध्ये ४ वटा बाहेक अन्य सबै समूह राताम्मे बनेको छ । आज हाइड्रोपावर, लगानी, अन्य र व्यापार समूहमा हरियाली छाएको छ ।

कारोबार अवधिभर २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर खरिदबिक्री भयो । आज कारोबार रकम समेत बुधबारको तुलनामा खुम्चिएको छ । नेप्सेका अनुसार आज एक अर्ब १४ करोड १४ लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार एक अर्ब १९ करोड भन्दा बढीको सेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएकामध्ये ९२ कम्पनीको सेयरमूल्य बढेको छ भने ११९ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थर रहेको छ ।

यसदिन युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, लिवर्टी इनर्जि कम्पनी, किसान लघुवित्त, विन नेपाल लघुवित्त लगायतका अन्य कम्पनीको सेयर मुल्य बढेको छ ।

आज सेयर बजार घटेसँगै लक्षी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ५.७६ प्रतिशतले घटेको छ । त्यस्तै, नयाँ सारथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

आज एनआइसी एशिया बैंक र नबिल बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । एनआइसी एशियाको ४ करोड ९४ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *