एनएमबि बैंकको मर्चेन्ट “क्युआर मा १००० बोनस”

एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि “क्युआर मा रु १००० बोनस” अफर ल्याएको छ । जसअनुसार बैंकमा खाता खोलिसकेका मर्चेन्ट तथा नयाँ मर्चेन्टहरुले १००० भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिँदा १००० को बोनस जित्ने सक्ने बैंकले जनाएको छ ।

फागुन १५ देखि सुरु भएको यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने जनाइएको छ ।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *