तीन लघुवित्त कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । आज नेप्सेले आरएमडीसी, समता घरेलु र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनस पछिको सेयरमूल्य ७३८.२५ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार ९३०.२० रुपैयाँमा भएको थियो ।
समता घरेलु लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनसपछिको शेयरमूल्य ६३९.५७ रुपैयाँमा समायोजन गरेको छ । संस्थाको अन्तिम कारोबार ७३५.५० रुपैयाँमा भएको थियो ।
नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ४.७५ प्रतिशत बोनसपछिको सेयरमूल्य ७२५.५४ रुपैयाँमा समायोजन भएको छ ।




