सिक्लेस हाइड्रोपावरद्वारा लाभांश घोषणा

सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । २९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश पारितसहित २० चैतमा १८औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

साधारणसभा प्रयोजनको लागि १३ चैतमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार १२ चैतसमम कायम सेयरधनीले कम्पनीको लाभांश र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीको प्रस्तावित लाभांश उक्त साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *