नेपाली बजारमा सुनको मूल्य लगातार उकालाे लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला फाइन सुन १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।




