नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे जलविद्यूत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कुल ५० लाख ६३ हजार ८४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको ७.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् सो सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरु उक्त सेयर प्राप्त गर्नेछन् ।




