पपुवा न्युगिनीविरुद्ध नेपालको कीर्तिमानी जित

आईसीसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध घरेलु टोली नेपालले नौं विकेटको शानदार जित निकालेको छ । पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् ।

नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे । उनले १० ओभर बलिङ गरेर २५ रन दिँदै ५ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २र२ तथा सोमपाल कामीले १ विकेट लिए ।

नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो । जितसँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहीबार खेल्नेछ । यस खेल जितेको खण्डमा नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।

नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *