दुर्गा प्रसाईं आवद्ध कम्पनीलाई बैंकहरुले ऋण नथप्ने

बैंक तथा वित्तीय संस्थाहरुले दुर्गा प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने भएका छन् । भएकै ऋणसमेत जोखिममा परेपछि बैंक तथा वित्तीय संस्थाले प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने ‘अनौपचारिक’ निर्णय लिएको स्रोतले जनाएको छ

बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अराजक गतिविधि गरेको निष्कर्षसहित उनले ऋण लिएका बैंकहरुले उनी आवद्ध कुनै पनि कम्पनीलाई ऋण नथप्ने अनौपचारिक निर्णय गरेका हुन्।

प्रसाईंका ऋण भएका बैंकहरुले आन्तरिक रुपमा यस्तो निर्णय लिएका हुन् । प्रसाईंको ७ अर्व हाराहारी बैंकको ऋण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *