आज (सोमबार) दुई कम्पनीको वार्षिक साधारणसभा हुँदै छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाले साधारणसभा आज फागुन २९ गते हुन लागेको हो ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औँ वार्षिक साधारणसभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु गर्नेछ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले कम्पनीको हाल कायम सेयर संरचनामा संस्थापक सेयरधनीतर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनीतर्फ ४० प्रतिशत रहेकोमा सो सेयर स्वामित्व परिवर्तन गरी संस्थापक ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीमात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
त्यस्तै, लक्ष्मी लघुवित्तले ११औं वार्षिक साधारण सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु गर्नेछ । सभाले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्तावउपर छलफल गर्नेछ ।
त्यस्तै, सभामा यस कम्पनीले अन्य इजाजतप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्तावउपर पनि छलफल गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।




