नेप्सेमा साढे ४३ लाख बढी कित्ता सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को साढे ४३ लाख बढी कित्ता सूचीकृत भएको छ।

नेप्सेमा एचआईडीसीएलको संस्थापक समूहको कुल ४३ लाख ५७ हजार १८५ कित्ता संस्थापक सेयर सूचीकृत भएको हो।

एचआईडीएलले ल्याएको हकप्रद सेयरमा बिक्री नभएको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरिएको थियो। सोही लिलामी प्रक्रियामा बिक्री भएको उक्त सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *