बैंक तथा बित्तीय सस्थाका बिरुद्दमा आज माइतीघरमा धर्ना

उद्योगी व्यावसायीहरुले बैंक तथा बित्तीय सस्थाका बिरुद्दमा आज धर्ना दिने भएका छन् । काठमाडौँको माईतीघर मण्डलामा आज (आइतबार )उद्योगी व्यावसायीहरुले शान्तिपुर्ण धर्ना दिन लागेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बाग्मति प्रदेशका उपाध्यक्ष दुर्गा राज श्रेष्ठका अनुसार आज बिहान ११ बजे माइतीघर मन्डलाबाट धर्ना दिन लागिएको हो उनका अनुसार धर्नामा देशभरका उद्योगी व्यावसायीहरुको उपस्थिति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *