आत्मनिर्भर लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (आइतबार) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आज बिहान ९:३० बजे आइपीओ बाँडफाँट गरिन लागिएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा धरै आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा मागभन्दा १०४ दशमलव ९० गुणा बढी आवेदन परेको छ ।

कम्पनीले निष्काशन गरको आईपीओ १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन । जसमा १६ हजार ९७५ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १५ लाख ९२ हजार ६११ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गरेको थियो । यसमध्ये १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ ।

यस्तै, ३ हजार ११७ कित्ता शेयर कर्मचारीलाई र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *