बरुण हाईड्रोपावरको साधारणसभा आज हुँदै, के-के छन् एजेन्डा ?

बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले १९औँ वार्षिक साधारणसभा हुँदैछ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सभाले संस्थापक सेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना को प्रतिनिधित्व हुने गरी सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा फागुन १४ गते सम्म कायम सेयरधनी साधारणसभामा भाग लिन सक्नेछन् । यस वर्ष कम्पनीले सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *