काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा शितल निवास अगाडि प्रदर्शन भएको छ । गणतन्त्र र रास्ट्रपति धोका हो भन्दै राकेजुलुस सहित युवाहरूले गणतन्त्रको बिरोध गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका दर्जनौ प्रदर्शनकारीले राष्ट्रपति कार्यालयको मुल गेट बाहिर ुराष्ट्रपति धोका हो राजतन्त्र जिन्दवादु भन्ने नारा समेत लगाएका छन् । दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले राष्ट्रपति भवन अगाडि राँके जुलुस प्रदर्शन गर्दै गणतन्त्रको बिरोध गरेका छन् । भोलि हुने राष्ट्रपतिको निर्वाचनलाई लक्षित गर्दै राजसंस्था पक्षधरहरले बिरोध गर्दै राके जुलुस निकालेका हुन् । ‘गणतन्त्र धोका हो, राजतन्त्र जिन्दावाद’ भन्दै युवाहरुले केहि समय राष्ट्रपति कार्यलयकै मुल गेटमा नाराबाजी समेत गरेका थिए । जुलुसको नेतृत्व दुर्गा प्रसाईंको अभियानका आभियानकर्ता सतिश पोखरेलले गरेका थिए ।







