जनकपुरका मेयरले पाए ‘महामुर्ख’ को उपाधि, संचारकर्मी ऋषि धमलालाई ‘पटमुर्ख’

यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई प्रदान गरिएको छ ।

होली पर्वको अवसरमा मिथिला नाटयकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सव अन्तर्गत मङ्गलबार महामुर्ख सम्मेलनमा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । उनलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको थियो ।

संचारकर्मी ऋषि धमलालाई पटमुर्ख, संचारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाललाई खबसुरता, शिक्षक संजय झा लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्रि किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनाष्टिक विद्यालयका डा। सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *