रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । लामिछानेविरुद्धको मुद्दामा गत माघ १३ गते सर्वोच्च अदालतले नेपाली नागरिकताको पुनर्प्राप्तीको प्रक्रिया नभएको ठहर गरेको थियाे । उक्त आदेशकाे पूर्णपाठ (आज) मंगलबार सार्वजनिक गरेको हो ।

सर्वोच्चको उक्त फैसालापछि उम्मेदवारी खारेज गरेपछि लामिछानेको सांसद पद गुमेको थियो । सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला गरेको थियो ।

अदालतको फैसलापछि लामिछानेले माघ १५ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्त गरेका थिए ।

पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *