राष्ट्रपति निर्वाचन : आज राति १२ बजेदेखि प्रचार प्रसार निषेध

निर्वाचन आयोगले आज (सोमबार)देखि राष्ट्रपति निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज राति १२ बजेदेखि मतदानको दिन (फागुन २५ गते)सम्म प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ भने उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा गरिने प्रचारप्रसार तथा मत माग्न पनि निषेध गरिएको छ ।

साथै सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य पनि नगर्न/नगराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ । ‘मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *