नेप्सेमा ४५ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ४.७५५ बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ४५ लाख ३८ हजार १०६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *