जितका लागि नेपाललाई पीएनजीको १८० को लक्ष्य

यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)बाट जितका लागि १८० रनको लक्ष्य पाएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले नेपाललाई १८० रनको सामान्य लक्ष्य दिएको हो।आजको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २/२ विकेट लिए।

आज पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्। उसका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए भने हिरी हिरीले ३१ रन तथा किप्लिन डोरिगाले २६ रन बनाउन सकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *