काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.१५ विन्दुले बढेको छ । यससँगै सूचक २७०९.०८ अंकमा आएको छ ।
२७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ७ हजार ३०७ कित्ता सेयर कारोबार भएको छ । कुल ८० वटा कारोबार भएको छ । यो सेसनमा २६ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन देखिएको छैन ।







