इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय कोहलपुर शाखामा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रम ज्ञानोदय पुस्तकालय कोहलपुरको सभाहलमा ८२ जना समूह अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षित दिएका थिए। शाखामा भएका कुल १९३ वटा समूहमध्येबाट ३ वटा समूह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्यलाई समेत सम्मान गरिएको देवकोटाले बताए।

कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग सामूहिक प्रयासका लागि गीताकुमारी शाहीको अध्यतामा समेत समित गठन गरेको छ।

कार्यक्रम सञ्चालक अनुगमन अधिकृत आत्माराम पौडेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *