डिप्रोक्स लघुवित्त र सर्पोट लघुवित्त कम्पनीको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहिबार दुई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सर्पोट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य ७४४।५५ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार ८१९ रुपैयाँमा भएको थियो ।

त्यस्तै, सर्पोट लघुवित्त वित्तीय संस्थाको ११ प्रतिशत बोनसपछिको शेयरमूल्य ९९०.९९ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार ११ सय रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *