दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र प्राप्त गर्ने सक्नेछन् ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ डिप्रोक्स लघुवित्तले भोली अर्थात फागुन १९ गते बुकक्लोज गर्दैछ भने सपोर्ट लघुवित्तले फागुन २१ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले फागुन ३० गते होटल सेभेन स्टार प्रा.लि., सौराहा, चितवनमा बिहान ११ बजे एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले भने चैत ४ गते दुर्गा पार्टी प्यालेश, इटहरी, सुनसरीमा बिहान साढे ९ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बानेस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *