किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालोमोसो

जाजरकोटको भेरी नगरपालिकामा लघुवित्तको कर्मचारीमाथि कालोमासो दलिएको छ । मासिक किस्ता उठाउन गएका एनआईसी एशिया लघुवित्तका एकजना कर्मचारीमाथि नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमासो दलेका हुन् ।

कालोमोसोको जिम्मा लिंदै नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले किस्ता र ब्याजका नाममा लघुवित्तले गाउँगाउँमा छिरेर गरेको मनपरीकाविरुद्ध अभियान थालेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *