

नमस्ते पेबाट यती एअरलाइन्सको उडान टिकट खरिदमा ३०० रुपैयाँ क्यासब्याक हुने भएको छ । नमस्ते पेले फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकट मा विभिन्न अफरहरु ल्याएको हो ।
नमस्ते पेबाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले ‘यफयलवाइ ३००’ प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० रुपैयाँको फ्ल्याट क्यासब्याक पाइनेछ। साथै, प्रत्येक हप्ता एक जना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १०० प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत सुपथ मुल्यमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू एकतर्फी र राउन्ड ट्रिप खरिद गर्न सकिनेछ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले जानएको छ ।

अर्थ सन्जाल