आईसीसी विश्वकप लिग टू, नेपाललाई पीएजीद्वारा २०४ रनको लक्ष्य

पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । यूएईमा आजबाट सुरु आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले २०४ रनको लक्ष्य पाएको हो ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।

किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कसशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी।सीले आउट गराए ।

नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी, सोमपाल कामी, प्रतिश जी.सीको नाममा समान १/१ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *