राष्ट्रपतिका लागि आठ दलका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताउन गठबन्धनले आठ सदस्यीय कार्यदल बनाएको छ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको कार्यदलमा गठबन्धनमा सहभागी सबै दलका प्रतिनिधि सहभागी रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिइन्।
कार्यदलमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत नेकपा समाजवादीका महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अब्दुल खान, लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी सदस्य छन्।
कार्यदलले आफ्नो पार्टी पंत्तिका सांसदलाई राष्ट्रपतिमा पौडेललाई जिताउन भूमिका खेल्नुपर्ने जिम्मेवारी तोकिएको छ। आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ छन् ।







