काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ । उनका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको हो ।
अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो
प्रचण्डकै निर्देशनपछि परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण पनि रोकियो । मन्त्री पौड्याल जेनेभाबाटै दोहा पुग्ने कार्यक्रम थियो ।
Artha Sanjal






