नेपाल स्टक हाउसले सेयर लगानीकर्ताका लागि सेयर लगानीकर्ता शिक्षा,सचेतना तथा तालिम कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
नेपाल स्टक हाउस प्रा.लि ब्रोकर नम्बर १४ काठमाडौंले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत गत शुक्रबार नुवाकोटको बट्टारमा उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा जिल्लाका डेढ सय जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा प्रारम्भिक चरणका लगानीकर्तालाई सुक्ष्म तरिकाले सेयर बजारका बारेमा जानकारी दिइएको थियो ।

सेयर लगानी गर्न इच्छुक जो कोहिलाई सेयरको समग्र पक्षका बारेमा जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गदै जाने कार्यक्रम रहेको नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरी प्रसाद रिमालले जानकारी दिए ।

तालिम कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसी,नेपाल सिडिएस एण्ड क्लियर लिमिटेडको गुनासो व्यवस्थापन अधिकृत देवराज रिजाल र सेयर बजारका विश्लेषण सन्तोषराज बजगाईंले सेयर बजारका बारेमा कार्यक्रम प्रस्तुत गरेका थिए ।









