पेरिस ओलम्पिक २०२४ : महिला फुटबलको ओलम्पिक छनोट नेपालमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ । समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ ।

अब नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नुपर्खेछ । छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०/२८) सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *