रिद्धिसिद्धि सिमेन्ट प्रा.लि.द्वारा मनहरी बहुमुखी क्याम्पसलाई शैशिक सामाग्री प्रदान

 रिद्धिसिद्धि सिमेन्ट प्रा.लि.ले मनहरी बहुमुखी क्याम्पस मनहरी–८, सिम्पानी मकवानपुरलाई शैशिक सामाग्री प्रदान गरेको छ । रिद्धिसिद्धिले ल्यापटप तथा डेक्सटप कम्युपटर, प्रिन्टर तथा प्रोजेक्टरलगायतका शैशिक सामाग्री क्याम्पसलाई उपलब्ध गराएको हो ।

शैशिक सामाग्री हस्तान्तरण कार्यक्रममा रिद्धिसिद्धिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गुणबहादुर खनाल, महाप्रबन्धक कैलाशकुमार चौहान, प्रशासन प्रमुख अच्युत पराजुली, जनसम्पर्क अधिकृत सन्तबहादुर थिङलगायतको उपस्थिति थियो । यसैगरी क्याम्पसका तर्फबाट बागमती प्रदेशका पूर्वसासदसमेत रहेका क्याम्पसका अध्यक्ष ओमबहादुर ग्लान, क्याम्पसका पूर्वअध्यक्ष एवं मनहरी गाउँपालिकाका पूर्वअध्यक्ष एकराज उप्रेतीलगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रिद्धिसिद्धिका सीईओ खनालले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरकै विकट क्षेत्रका आर्थिक रुपमा विपन्न विद्यार्थीहरुले लाभान्वित होउन् भन्ने उद्देश्यले उक्त सामाग्री सहयोग गरिएको बताए । यस्तै कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद घलानले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै उद्योगको सहज संचालनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *