अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नियामकको धज्जी उडाउदै सिन्सियर सहकारी, २१ वर्षे थोत्रा ट्याक्सीमा करोडौं लगानी

  • अनुसा थापा
  • १२ फाल्गुन २०७९, शुक्रबार १९:४१


काठमाडौँ। राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा यतिखेर भीड लाग्ने गरेको छ । सिन्सियरले गरेको लगानी डुब्ने अवस्थामा पुगेपछि बचतकर्ता र सेयरधनीहरुमा उछाल आएको हो ।अहिले सस्थामा  सर्वसाधारण र व्यापारीले बचत गर्न छोडिसकेका छन् । सिन्सियरले कहाँ कर्जा लगानी गरेको छ ? त्यो लगानी कस्तो अवस्थामा छ ? भन्ने बचतकर्ताले थाहा पाइसकेपछि सिन्सियरमा पैसा निकाल्ने जानेको लर्को लागेको हो ।

२१ वर्षे थोत्रा ट्याक्सीमा करोडौं लगानी

२१ वर्षे थोत्रा ट्याक्सीमा सिन्सियरको करोडौं लगानी छ । सरकारले २० वर्ष कटेका कालो प्लेटको सवारी साधन विस्थापन गर्ने निर्णय गरिसकेको छ । तर ति र त्यस्ता गाडी अब बाटामा गुड्न पाँउदैनन् । त्यसको रोड परमिट र दर्ता खारेज गर्ने भनेर राजपत्रमा प्रकाशित भइसकेको छ । सिन्सियरले लगानी गरेको थोत्रा ट्याक्सीबाट १४ देखि १६ लाख असुल्नु छ । बाटामा गुड्न नपाउने भएपछि त्यो ट्याक्सी के काम ? कबाडीमा बेच्दा २० हजार पनि आँउदैन।

सिन्सियरले २० लाखको जग्गालाई घुस खाएर त्यति नै कर्जा लगानी गरेको पाईएको छ । अहिले किस्ता नतिर्दा बढेर त्यो ४० लाख पुगिसकेको छ । जग्गाको किनबेच त ठप्प छ । सेयरमा पनि उही नै छ । सेयरमा पनि घुस खाएर धमाधम लगानी गरेको पाईएको छ । बढी ब्याज दिने ललिपप देखाउँदै सिन्सियरले बचतकर्ता तान्यो । घुस खाँदै कर्जा दिएर जिल्लाजिल्लाको घरजग्गा रोक्का राख्यो । सिन्सियरले आफ्नो गैरकानुनी कार्य ढाकछोप त गर्यो । तर, जब सिन्सियरको लगानी जोखिममा पर्यो,त्यसपछि यो पनि छर्लङ्ग बाहिर आएको छ ।

नियम बिपरित कार्यक्षेत्र भन्दा बाहिर लगानी

सहकारीले पैसा उठाउने र कर्जा लगानी गर्ने निश्चित कार्यक्षेत्र हुन्छ । सहकारीले सरकारले दिएको कार्य क्षेत्रभन्दा बाहिर गएर पैसा उठाउन पनि पाँउदैन् । लगानी गर्न पनि पाँइदैन् । तर, सिन्सियरले सरकारको यो नियम मानेको छ त ? यस बिषयमा सहकारी विभागले छानबिन गर्नुपर्ने होईन ? सिन्सियरले कानुनको धज्जी उडाउदै शाखा नखोलेरै देशैभरिबाट बचत उठाउँदै आएको छ । धितो पनि देशभरको रोक्का राख्दै आएको छ । यो त सरासर गैरकानुनी कार्य हो ? नागरिकताको आधारमा मात्रै यस सस्थाले ७७ जिल्लाका स्थानीयबाट पैसा उठाउँदै आएको छ ।

सहकारीले गरेको लगानी जोखिममा परेर बचतकर्ताको भीड लाग्न थालेपछि सिन्सियरले विभिन्न सञ्चारमाध्यममा प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,‘हामी डुबेका छैनौं । सेयर सदस्य र बचतकर्ताहरुले निर्धक्क भएर कारोबार गरौं ।’ यो भन्नुको कारण धेरै कोट्याइरहन आवश्यक पनि पर्दैन् । यसअघि गौतमश्री, शिवशिखर, कान्तिपुर, सिभिल, लाँलीगुरास, देउरालीलगायत सहकारीहरुले पनि हामी डुबेका छैनौं भनेर प्रेस विज्ञप्ति निकालेका थिए ।

किन पर्दैछन् सहकारी समस्यामा ?

पछिल्लो समयमा अधिकास सहकारी संकटग्रस्त बनेका छन् भने कति सहकारी त डुबिसकेका छन् । कु नैसहकारीका सञ्चालक जेलमा छन् त कुनै फरार छन् । सरकारले शुरुमै निगरानी नगर्दा र सहकारी बिभाग समेत मुखदर्शक बन्दा अहिले बचतकर्ताहरु मारमा परेका छन। सिन्सियरले पनि बचतकर्ता र सेयर सदस्यलाई अलमलाउने काम गरिरहेको छ । सिन्सियरका सञ्चालक समितिका पदाधिकारीहरुले सस्थाको रकम हिनामिना गरेका कारण पनि सहकारी  समस्यामा परेको हो।

केहि समय अघि गौतमश्रीका सञ्चालकले आफ्नो सम्पत्ति बेचेर भएपनि पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए । अहिलेसम्म कति बचतकर्ताले रकम फिर्ता पाए त ? शिवशिखरले पनि त्यही नै भनेको छ । तर, कार्यालय नै बन्द गरेर कुलेलम ठोकेका सञ्चालकलाई कहाँ गएर खोज्ने ? तसर्थ सहकारीका सञ्चालक र कर्मचारीहरुलाई सरकारले निगरानीमा राख्न ढिलाइ भइसकेको बिज्ञहरु बताउछन् । अहिले कतिपय सहकारीका सञ्चालकहरुले आफ्नो नाममा भएको सम्पत्ति धमाधम आफन्तको नाममा पास गरेको छ्याप्छ्याप्ती बाहिर आएको छ ।

बचतकर्ताले रगतपसिना गरेर राखेको बचतमा मोजमस्ती गरेका सहकारीका सञ्चालकहरुले आफू बच्नका लागि यो कार्य गरिरहेको पाइन्छ । भोलि प्रहरीले पक्राउ गरेपनि सम्पत्ति फिर्ता गर्न नपरोस् भनेर यस्तो उपाय अप्नाएका हुन्छन ।

सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्य लगाएतले सम्पति सुद्दीकरणको घेराबन्दीमा पर्ने देखिए सम्पत्ति लुकाउनतिर लागेको समेत पाईएको छ । बढी सेवाशुल्क, घुस, मँहगो ब्याज लिएर ऋणीलाई उठिवास लगाएको अधिकासको गुनासो छ।

२०४८ सालमा सहकारी ऐन बनाइयो । सरकारले सर्वसाधारणलाई परेको बेलामा राहत होस् भन्ने उद्धेश्यले सहकारी खोल्न दिने निर्णय गर्यो । अहिले एउटै घरमा पाँच वटासम्म सहकारी छन् । सहकारीहरु च्याउ उम्रेझैं उम्रिए तर नियमन भएन् । बजार प्रतिनिधिहरुले नै सहकारी दर्ता गरेर सञ्चालनमा ल्याएको पाइन्छ । बजार प्रतिनिधिलाई त कसरी ठग्ने ? यो राम्ररी थाहा हुन्छ नि त । सरकारले सहकारी खोल्न इजाजत दिएदेखि नै यो क्षेत्रमा बेतिथि ब्याप्त छ ।

नातेदार मिलेर सहकारी दर्ता गर्ने अनि आफूलाई पुग्नेबित्तिकै बचतकर्ताको रकम कुम्ल्याएर कुलेलम ठोक्ने । विगतदेखि वर्तमानसम्म आँउदा यो प्रमाणित भइसकेको कुरा हो । विगतमा अलिअलि सहकारी भागेको सुनिन्थ्यो, अहिले त यो क्रम ह्वात्तै बढेको छ । जसले सहकारी दर्ता गर्न इजाजत दियो, उसले नियमन गर्न जानेन् । एउटा नागरिकताको आधारमा भकाभक सहकारी दर्ता गरियो । जसको नतिजा अहिले बचतकर्ताहरुले भोगिरहेका छन् ।

मुकदर्शक सहकारी बिभाग

सहकारीहरु गुण्डाको भकारी बन्न पुगेको छ । तर, कहाँ छ सरकार ? बजारमा बुझ्ने हो भने दुई थरीले सहकारी खोलेका छन् । एकातर्फ बैंकबाट अवकाश प्राप्त व्यक्तिहरुले सहकारी सञ्चालन गरेको पाइन्छ । अर्कोतर्फ बजार प्रतिनिधि भइहाले । यिनीहरुलाई कसरी बचतकर्ता र ऋणीलाई चुस्ने भन्ने राम्ररी थाहा छ । बचतकर्ताको पैसा हिनामिना गरेर, ऋणीलाई चुसेर, घुस खाएर, मँहगो ब्याज लिएर, उनीहरुको जायजेथो खाइदिएर सहकारीका सञ्चालकहरु अरबपति बनेका छन् ।

सहकारी एक नम्बरको दलाली बन्यो । यता सहकारीका सञ्चालक, कर्मचारी मोटाउने उता बचतकर्ता र ऋणीहरु सोत्तर बन्ने । सहकारी ठग संस्था हो भन्ने कुरा सरकारले बुझेको छैन् । बचतकर्ताको विस्तारै आँखा खुलेको छ । सहकारीमा बचत गर्नेहरु चालमचुर्लम्म डुबे, उनीहरु सुकुम्बासी बने । सहकारीबाट ऋण लिनेहरु पनि विस्थापित भएका छन् । अर्बपतिहरु रोडपति बनेका छन् । सहकारीले सडकछापको संख्या ह्वात्तै बढायो । गरिबीको दर नेपालमा थप बढ्यो ।

देशभर जति सहकारी छन्, तिनको उद्धेश्य ,‘बचतकर्ता र ऋणीलाई डुबाउने, आफू जुका मोटाएझैं मोटाउने ।’भन्दा अत्युक्ति नहोला। जनताको नजरमा भन्ने हो भने सहकारीहरु ठग हुन् । यिनीहरु संस्था होइनन्, लुटेरा हुन् । यद्यपि, राज्य हात बाँधेर बसेको छ । सहकारीबाट पीडित बनेकाहरु लाखौं छन् । पाइलैपिच्छे सहकारी पीडित भेटिन्छन् । यसमा सिन्सियर पनि थपिने भो ।अहिले सिन्सियरका बचतकर्ताहरु जोखिममा परेका छन् । हिजो अरुलाई च्याप्ने सिन्सियरआज आफैं च्यापिने अवस्थामा पुगेको छ ।

सहकारीका कारण लाखौं विस्थापित भएका छन् । अरुलाई बिल्लीबाठ बनाएर तीन हर्ताकर्ताले नै बचतकर्ताको पैसामा रजाँइ गरेका छन् । आफ्नो कर्तुत अझैपनि ढाँक्न सक्छु र सरकारबाट बच्न सक्छु कि भनेर सिन्सियरका तीन हर्ताकर्ता राजनीतिक दलको घरमा धाइरहेका छन् । सिन्सियरका हर्ताकर्ता हामी व्यक्तिगत सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गछौं भन्छन् । यस्तो मनपरीतन्त्र र नौटंकी कतिञ्जेल चल्दो रहेछ ? हेर्न बाकी छ ।

दैनिक सयौं सहकारी भागिरहेका छन्, बन्द भइरहेका छन्, यस बिषयमा राज्यको ध्यान बेलैमा जान जरूरी देखिन्छ। बचतकर्ताले पनि बेलैमा होस् पुर्याउन जरुरी छ । रोग लागिसकेपछि उपचार खोज्नुभन्दा रोगनै लाग्न नदिनु बुद्दिमानी हुनेछ। [ यो लेखकको निजी बिचार हो ]

के भन्छ सिन्सियर ?

सहकारी समस्याग्रस्त बनेको समाचार विभिन्न संचारमाध्यममा आएपछि सिन्सियरले बचतकर्ताको लगानी सुरक्षित रहेको बताएको छ । सहकारीले संचारमाध्यममा आएका  र  माथी उल्लेख भएको बिषयलाई अस्विकार गरेको छ । सस्थाका कार्यकारी अधिकृत (सिईओ) राजेश खड्काले सहकारीको नियम सहकारीले  बचतकर्ताको रकम बचत कर्तालाईनै लगानी हुनुपर्नेमा अन्य क्षेत्रमा भएको लगानीलाई स्विकार्दै अब सबै ऋण सकार गरिसकेको दावी गरेका छन् ।

Artha Sanjal
मिती : १२ फाल्गुन २०७९, शुक्रबार १९:४१ बजे प्रकाशित

अनुसा थापा

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.