माघसम्म मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १८.७१ प्रतिशतले घटेको छ । गत वर्ष सो अवधिमा यस्तो व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको थियो ।
सात महिनामा कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु मात्रै निर्यात भएको छ ।
आयात गत वर्षको तुलनामा १९.९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको छ ।







