कृति भेन्चर फण्ड लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ ।
कम्पनीले गत पुस २५ गतेदेखि बिक्रीमा ल्याएको ४० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले १ बराबर ०.४० को अनुपातमा ८ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
पुस २५ गते ३५ दिनको मिति तोकि बिक्रीमा ल्याएको उक्त हकप्रदमा केहि सेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले १५ दिनको अवधि थप गरिएको हो । फागुन २१ गतेसम्म कम्पनीको रजिष्टर्ड कार्यालय, बागदरबार, काठमाडौंमा हकप्रद सेयर खरीदको आवेदन पेश गर्नुपर्नेछ ।







