१४ औं संस्करणको साफ च्याम्पियनसिप भारतमा हुने

काठमाडौँ । साफ च्याम्पियनसिपको आगामी १४ औं संस्करण भारतमा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मङ्गलवार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो।

आगामी मार्च १० सम्मा आयोजनास्थल र मिति तय हुनेछ । भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो। यसअघि सन् १९९९, २०११ र २०१५ मा च्याम्पियनसिप भारतमा भएको थियो। बङ्गलादेशले ३ पटक, नेपाल, पाकिस्तान, मालदिभ्स र श्रीलङ्काले समान २/२ पटक साफको आयोजना गरिसकेका छन्।

यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।

सन् २००८ को संस्करण भने मालदिभ्स र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेका थिए। नेपालले सन् १९९७ र पछिल्लो पटक २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *