नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले घटेको छ । आज नेप्से १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ४०१.६९ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेयर बजारमा एक अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये १२ वटा समूहको सेयर मूल्य घटेको छ भने बाँकी १ वटा समूहको सेयर मूल्य बढेको छ । आज कारोबार भएका कम्पनीमध्ये ४५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६२ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको हो ।
आज बलेफी हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ७ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ ।







