बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्रिय वाणिज्य बैंकको आग्रह

आफ्नो बैंक खातासँग सम्बन्धित विवरण कसैलाई पनि नदिन राष्ट्रिय वाणिज्य बैंकले आग्रह गरेको छ। खाताको केवाईसी अपडेट गर्ने प्रयोजनका लागि भनेर वा अन्य कुनै प्रयोजनका लागि ओटीपी, लिंक, पिन कोड तथा पासवर्ड जस्ता सूचनाहरु बैंकले नमाग्ने भएकोले कसैले यस प्रकारका गोप्य सूचना तथा नम्बरहरु मागेमा उपलब्ध नगराउन आग्रह गरेको हो ।

त्यस्तै बैंकको लोगो तथा बैंकसंग सम्बन्धित फोटोहरु राखि सामाजिक संजालमार्फत विभिन्न प्रकारका लिङकहरु प्रयोग गरि ठगिमा परेको भन्ने गुनासाहरु सेवाग्राहीबाट प्राप्त भएकोमा बैंकले यस प्रकारका सामाजिक संजालमार्फत चिठ्ठा तथा उपहार कार्यक्रमको कुनै घोषणा नगरेको प्रष्ट पारेको छ ।

कसैले माथि उल्लेखित विवरण मागेमा वा चिठ्ठा तथा उपहार कार्यक्रम गरेको सूचना पाएमा तत्काल बैंकको नजिकको शाखा वा बैंकको कल सेन्टरको फोन नं. ०१-५९७००१८ मा जानकारी गराईदिन बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *