विगत लामो समयदेखि एसियन लाइफ इन्सुरेन्सको साधारणसभा हुने स्थान परिवर्तन भएको छ ।
अब हुने कम्पनीको सभा माघ २१ गते मैतीदेवी काठमाडौंमा रहेको आफ्नै एसियन लाइफ भवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । कम्पनिले यसअघि सभा होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा हुने भनिएको थियो । कम्पनीले सभामा आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, उक्त कम्पनिको नाफा–नोक्सान तथा नगद प्रवाह,आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका विषयमा पनि छलफल हुने इन्सुरेन्सले जनाएको छ । एसियन लाइफको ५१ प्रतिशत स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ भने प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको इन्सुरेन्सले बताएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरिसकेको छ । माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् भने बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ







