कुमारी बैंकको १ लाख ११ हजार कित्ता बढी सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको १ लाख ११ हजार बढी कित्ता सेयर आजदेखी बिक्रीमा राखिएको छ। कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी सुरेशचन्द्र तायलका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समयसीमा तोकिएको छ। इच्छुक सेयरधनीहरु यो अवधिभित्र सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालय वा कुमारी बैंकको काठमाण्डौको टंगालस्थित प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिसम्म सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा सर्वसाधारण तथा संस्थालाई बैंकले सेयर बिक्रीमा राख्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *