मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

मेन्छियाम हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ।

सेबोनले बिहीबार (माघ १९ गते) मेन्छियाम हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ।

कम्पनीले १०० अंकित दरका कुल १६ लाख २७ हजार ७५० कित्ता आईपीओ स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ। यो कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछ।

मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *