आदर्श लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *