महिला साफ च्याम्पियनसिप डीगो एपमा, खेलकुदका ठूला प्रतियोगिताहरूको ‘ब्याक-टु-ब्याक’ मेला अब एउटै एपमा

काठमाडौं । नेपालको अग्रणी डिजिटल प्लेटफर्म डीगोले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ । साफ महिला च्याम्पियनशिप २०२६ आउँदो जेष्ठ ११ देखि जेष्ठ २२ सम्म भारतमा आयोजना हुँदैछ ।

यसअघि डीगोले आउँदो फिफा विश्वकप २०२६को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्त गरेको थियो ।

“नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो र यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा डीगोमा उपलब्ध हुनेछ,” डीगोका स्पोर्ट्स हेड, बिपुल भट्टराईले भने- “हामीले डीगोमा खेलकुदको एउटा यस्तो बलियो पूल (Pool) बनाएका छौं, जहाँ दर्शकहरूले फुटबलको स्थानीय क्रेज र FIFA को विश्वव्यापी रोमान्सदेखि CAVA भलिबलको उत्साहसम्म सबै कुरा एकै ठाउँमा ‘ब्याक-टु-ब्याक’ उपभोग गर्न पाउनेछन्। महिला फुटबलको यो दक्षिण एसियाली महाकुम्भलाई घर-घरसम्म पुर्‍याउन पाउँदा हामी गौरवान्वित छौं। ”

डीगोले यो ब्याक-टु-ब्याक यात्रामार्फत नेपालको डिजिटल मनोरञ्जन र खेलकुद प्रसारणको परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन गरेको छ । खेलप्रेमीहरूका लागि यो एउटा यस्तो स्वर्णिम युग हो, जहाँ उत्साह र खेलको रोमान्च कहिल्यै समाप्त हुने छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *