सेयर बजार थामियो, अर्को हप्ता बढ्ने संकेत

चार दिन लगातार घटेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार थामिएको छ। बजार लगातार घट्न थालेपछि आत्तिएका लगानीकर्ता पुनः सम्हालिएपछि बिहीबार सेयर बजार थामिएको हो ।

बिहीबार ३.२९ अंकले बढेर २७७९.९३ बिन्दुमा पुगेको छ। बिहीबार ३ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएको छ। जसमा ९० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्यमा गिरावट आएको छ। १५ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन।

बढिरहेको सेयर बजार अहिले पुनः घट्दो ट्रेन्डमा प्रवेश गरेको थियो। पुस ५ देखि यता ५६२ अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबारदेखि नै लगातार घटिरहेको थियो। विश्लेषकहरूले यसलाई करेक्सन भएको भन्दै आउने सातादेखि फेरि बजारले नयाँ उचाइ लिने बताउँदै आएका छन्।

आइतबार १०.८३ ले घटेको बजार सोमबार ९९.८६ अंकले घटेको थियो। मंगलबार ५.९२ को झिनो अंकले घटेको बजार बुधबार पुनः३८.४५ अंकले घटेर २७७६.६१ बिन्दुमा पुगेको थियो। बुधबारसहित यो साताको चार दिनमा नै बजार १५४.६१ अंकले घटेको थियो।

तीन सातादेखि सकारात्मक देखिएको बजारमा यो साता भने अपेक्षाकृत सुधार देखिन सकेन। गएको साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २९३१.५९ बिन्दुमा पुगेको थियो। त्यसअघिको साता बजार १६५.२८ अंकले बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *