राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा लागि जागिर खुलेको छ । संस्थानले आज एक सूचना प्रकाशित गरी काम गर्न इच्छुकलाई करार सेवाका कर्मचारीहरुको माग गरेको हो ।

संस्थानले चार्टर्ड एकाउन्टेन्ट २ जना, सेमीक्वालिफाइड ४ जना, कम्प्युटर अधिकृत १ जना, कानून अधिकृत १ जना र एक्चुरी २ जना गरी जम्मा १० जना कर्मचारीहरु माग गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *