नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान खरिदमा ईएमआई सुविधा

नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामान ईएमआई सुविधामा खरिद गर्दा ब्याज नलाग्ने भएको छ।

नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य ईएमआईसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपालका नेपाल प्रमुख अमित कुमार पन्डा र रमेश कर्पोरेसनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्रान्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा ईएमआईमा ब्याज लाग्ने छैन। यस्तो सुविधा ३ महिना र ६ महिनाका लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ।

शाओमी ब्रान्डको मोबाइल खरिद गर्दा शून्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्नेछन्।

त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागे पनि न्यूनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ। सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *