माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत सम्म छुट

माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ। जसअन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सीजी डिजिटलबाट इलेक्ट्रोनिक सामग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यो सुविधा बैंकका ग्राहकलाई आउँदो फागुन १५ गतेसम्म मात्र कायम रहनेछ। बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई मध्यनजर गर्दै उक्त सुविधा सञ्चालनमा ल्याएको हो।

डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार–व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ। यसका साथै माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले ०प्रतिशत ईएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्नेछन्।

One thought on “माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत सम्म छुट

Leave a Reply

Your email address will not be published. Required fields are marked *